काठमाडौं । रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । निलम्बन फुकुवा भएसँगै उनले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको थियो । निलम्बन फुकुवा भएपछि चौधरीको नाम निर्वाचन आयोगले अन्तिम मतदाता नामावलीमा समावेश गर्ने भएको हो ।
झन्डै ५ बर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर, फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता पुष्पकमल दाहालको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।