स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्छ – जनार्दन शर्मा-Sutra News

स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्छ – जनार्दन शर्मा

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौं – नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले स्थानीय सरकारलाई सबल र सक्षम बनाउनुपर्ने बताएकाम छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन् । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सम्वद्र्धन गर्दै त्याग र बलिदानबाट प्राप्त संविधानको सफल कार्यान्वयन गरेर देशलाई समृद्धिको यात्रामा अगाडि लैजान सम्बद्ध सबै पक्षलाई आग्रह गरे ।



उनले सङ्घीयतालाई सुदृढ बनाउन विभिन्न ऐन निर्माणको कामलाई तत्काल अगाडि बढाउनुपर्ने र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको ध्यानाकर्षण गराए । आवधिक योजनाको लक्ष्य पूरा हुन नसकेको र अनेकन कारणले समस्या देखिएको भन्दै कार्यान्वयनमा देखिएका जटिलता हटाउनुपर्ने बताए ।

जमिन बाँझो हुने, अपार प्राकृतिक स्रोत खेर गएको, युवा विदेशिन बाध्य भएको तथ्य पेश गर्दै उनले उपयोग हुन नसकेको स्रोत साधनको सदुपयोग गर्दै समृद्धिको महाअभियान सुरु गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट