सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति-Sutra News

सर्वोच्चले दिएन सन्दीपलाई विदेश जाने अनुमति

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश भ्रमणमा जाने अनुमति नदिने फैसला गरेको छ ।



साथै धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो ।

उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो ।

उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो ।

सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताएका थिए । तर, प्रक्रियालाई हामीले छाड्न नमिल्ने उनको भनाइ थियो । लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट