बालुवाटारमा ८ दलको बैठक: राष्ट्रपति काँग्रेसलाई दिने सहमति-Sutra News

बालुवाटारमा ८ दलको बैठक: राष्ट्रपति काँग्रेसलाई दिने सहमति

शुक्रबार, १२ फाल्गुन २०७९

शुक्रबार, १२ फाल्गुन २०७९

भावी राष्ट्रपतिको निर्वाचनको बिषयमा सहमति खोज्नका लागि गर्न बालुवाटारमा बसिरहेको बैठकमा ८  दल जम्मा भएका छन ।



बिहान ४ दलको मात्रै बैठक बसे पनि कुनै निष्कर्ष निकाल्न नसकिरहेको बेला राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी गरी साँभ ८  दलको बैठक बसेको हो।

बैठकमा भएको निर्णयअनुसार सबै नेताहरुले काँग्रेसलाई राष्टपतिमा सघाउने भएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपति बनाउन सहमति जुटाएका हुन् ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि राष्ट्रपति आफ्नो पोल्टामा पार्ने जमर्को गरेको थियो तर राष्ट्रपति काँग्रेसले पाउने सहमति भयो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट