काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने भएपछि नेकपा एमाले रुष्ट बनेको छ ।
पुस १० गते प्रचण्ड प्रधानमन्त्री र नेकपा एमालेले राष्ट्रपति पाउने भनिएको सहमतिलाई प्रचण्डले नमानेपछि एमाले खुशी छैन ।
एमालेले प्रचण्डले देशलाई अस्थिरतातर्फ धकल्ने षड्यन्त्रतर्फ लागेको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
एमालेका नेता प्रदीप ज्ञवालीले प्रचण्डले देशलाई अन्तहीन अस्थिरतामा लैजान खोजेको प्रतिक्रिया दिएका छन् ।