काठमाडौँ । नेकपा एमालेका नेता तथा सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाएको दोहोरो चरित्रमाथि टिप्पणी गरेका छन् ।
शुक्रबार राष्ट्रपतिमा काँग्रेसका उम्मेदवारलाई सघाउने निष्कर्षमा प्रचण्ड पुगेपछि उनले प्रचण्डलक्षित टिप्पणी गरेका छन् । उनले रङ्ग फेर्नमा छेपारोलाई पनि प्रचण्डले हराउन सक्छन भन्दै टिप्पणी गरेका छन् ।
‘उहिल्यै भन्देको हो-छेपारो र प्रचण्डबीच रंग फेर प्रतियोगीता भए पनि छेपारो नै हार्छ।उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुन्छ।अब सरकारमा कथित बामपन्थी सहकार्य समाप्त भयो।एमाले आफ्नै लयमा अघि बढ्नु पर्छ।उत्साह र आशा दुबै थिएन न त एमाले निराश हुनु पर्ने कारण छ।‘ उनले सामाजीक संजालमा लेखेका छन् ।
प्रचण्डले राष्ट्रपतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने भएपछि नेकपा एमाले रुष्ट बनेको छ ।
पुस १० गते प्रचण्ड प्रधानमन्त्री र नेकपा एमालेले राष्ट्रपति पाउने भनिएको सहमतिलाई प्रचण्डले नमानेपछि एमाले खुशी छैन ।
एमालेले प्रचण्डले देशलाई अस्थिरतातर्फ धकल्ने षड्यन्त्रतर्फ लागेको प्रतिक्रिया दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति बसेको माओवादी, नेकपा एस, जसपालगायत ८ दलको बैठकले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
त्यस्तै एमालेका नेता प्रदीप ज्ञवालीले प्रचण्डले देशलाई अन्तहीन अस्थिरतामा लैजान खोजेको प्रतिक्रिया दिएका छन् ।