काठमाडौं । दिवंगत अभिनेता जयनन्द लामाको स्मृतिमा सालिक स्थापना थरिएको छ । गायक समेत रहेका लामाकोगत वर्ष फागुन ११ गते निधन भएको थियो । उनी भक्तपुरको मध्यपुरथिमि(१ स्थित निवासको गेटअघि मृत फेला परेका थिए ।
अहिले लामाको स्मृतिमा सिन्धुपाल्चोकको बाह्रबिसेमा १२ फिट अग्लो सालिक बनाइएको हो । आठ लाख रुपैयाँ खर्च गरेर बनाइएको सालिक शुक्रबार एक समारोहबीच अनावरण गरिएको छ ।
सालिकमा लामा डम्फु बजाएर नाचिरहेको देखिएको छ । उनी बाह्रविसे नगरपालिका(२ धार्पाका स्थायी बासिन्दा हुन् । लामा ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता, निर्माता तथा निर्देशक हुन् ।