काठमाडौं – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले मुख्य राजनीतिक दलहरूले सत्ता प्राप्तीलाई नै केन्द्रबिन्दु बनाएर हिँडेको बताएका छन् ।
आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता खनालले यस्तो बताएका हुन् । उनले नेपालका राजनीतिक दल र मुख्य नेताहरू सत्ता स्वार्थमा लिप्त भएको बताए । उनले यस्तो आफू नरहेको भन्दै आफूले पद प्राप्तीका लागि कसैको ढोका नढकढक्याउने बताए ।
उनले भने – ‘मुख्य राजनीतिक दलहरूमा सत्ता प्राप्तिका लागि र्याल चुहाउने र ढोका ढकढकाउदै हिँड्ने प्रवृत्ति छ। पटक पटक मेरो चर्चा गर्छन् तर मेरो कारणले चर्चा भएको छैन। म त्यो चर्चाका निम्ति मरिमेटी हिँडेको छैन ।’
यस्तै उनले अहिले बामपन्थीहरूका बीचमा एकता हुनु आवश्यक रहेको पनि बताए ।