एमालेले सरकार नछाड्नुको संकेत: २५ गतेसम्म फेरी बदलिन सक्छ राजनीतिक समीकरण-Sutra News

एमालेले सरकार नछाड्नुको संकेत: २५ गतेसम्म फेरी बदलिन सक्छ राजनीतिक समीकरण

आइतबार, १४ फाल्गुन २०७९

आइतबार, १४ फाल्गुन २०७९

देशको राजनीतिक समीकरण निरन्तर बदलिने प्रक्रियामा छ । संघीय चुनावपछि बनेको सरकार २ महिना नहुँदै ढल्ने स्थितिमा रहेको छ ।



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले नेकपा एमालेलाई हराउन नेपाली काँग्रेस लगायत अन्य ४ दलसंग मिलेर चुनाव लडे । तर पहिलो चरणमा नै प्रधानमन्त्री बन्ने लालसा राखेका उनी काँग्रेसले प्रधानमन्त्री नदिने भएपछि रातारात एमालेसँग मिल्न पुगे ।

राष्ट्रपति एमालेलाई दिने शर्तमा प्रधानमन्त्री भएका प्रचण्ड क्षणभरमै परिवर्तन हुन पुगे । राष्ट्रपतिमा एमालेलाई सहयोग गर्न नसक्ने निश्कर्ष निकाल्दै फेरी उनी काँग्रेसतिरै ढल्किए ।

प्रचण्ड नेतृत्वको सरकारमा एमालेले महत्वपूर्ण हिस्साका रुपमा सहभागी भएको छ । तर प्रचण्डले एमालेसंगको गठबन्धन भत्किएको घोषणा गरेपनि एमाले सरकारबाट बाहिरिएको भने छैन ।

गठबन्धन भत्किसके पनि एमालेले सरकार नछाड्नुमा गहिरो अर्थ रहेको नेताहरु बताउँछन् ।

राष्ट्रपतिको निर्वाचन यही फाल्गुन २५ मा हुँदैछ । सो मितिसम्म एमालेले माओवादीलाई फकाएर राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाइ विजयी गराउने योजनामा रहेको कतिपय नेताहरुको तर्क छ ।

माओवादी र काँग्रेससहितको समर्थनमा रामचन्द्र पौडेलाले उम्मेदवारी दिएका छन् भने एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।

गत पुष १० मा अर्कै सहमति भएको भन्दै माओवादीले पनि एमालेकै उम्मेदवारलाई समर्थन गर्नेमा एमाले लगभग ढुक्क छ ।

ओलीले यसको बारेमा बताइसकेका छन् । प्रचण्डले एमालेकै उम्मेदवारलाई समर्थन गर्ने एमाले नेताहरुको बुझाई छ ।

निर्वाचनसम्म सरकारमा नै बसिराखे फेरी अर्को समीकरण बन्ने एमालेका अर्का नेता पृथ्वीसुब्बा गुरुङ बताउँछन् ।

काँग्रेस-माओवादी गठबन्धन अकस्मात बनेको र अकस्मात टुटेको अवस्थालाई हेर्दा राष्ट्रपति निर्वाचनसम्म फेरी अर्को राजनीतिक समीकरण बन्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट