२ महिनामा नै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय खाली-Sutra News

२ महिनामा नै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय खाली

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुले राजिनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन ।



प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण , युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालि रहेका छन ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखी रिक्त हुदैँ आएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारवाट बाहिरिने निर्णय गरेसँगै यसअघि गृह मन्त्रालय, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतवार राप्रपाका मन्त्रीहरुले राजिनामा दिए पछि उर्जा, जलस्रोत, सहरी बिकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

राप्रपाका मन्त्रीहरुका राजिनामा स्विकृत भएसँगै दुई महिना भित्रमा प्रचण्ड सरकारका ८ मन्त्रालय रिक्त हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट