काठमाडौं । एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन ।
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उच्च अदालतको आदेशसँगै शाह आज स्वास्थ्य परिक्षण गरी तनहुँ जिल्ला अदालतवाट छुटने तनुहँ कारागार प्रशासनले जनाएको छ ।
पल जेलबाट छुट्ने भएपछि चर्चित अभिनेत्री पूजा शर्मा खुशी भएकी छिन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत खुशी व्यक्त गरेकी थिइन् । सामाजिक सञ्जालमा पलसँगको तस्बिर शेयर गर्दै उनले भनेकी छिन् -‘आज पानी पर्यो, सबै फोहोर पखालियो । मेरो साथी पलले सफाइ पायो । अब सबै कुरा सुन्दर भएर आयो । धन्य भगवान ‘