एमाले सचिवालय बैठक बस्दै, परराष्ट्र मन्त्रीको स्थगित भ्रमण वारे छलफल हुने-Sutra News

एमाले सचिवालय बैठक बस्दै, परराष्ट्र मन्त्रीको स्थगित भ्रमण वारे छलफल हुने

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको छ ।आइतवार अन्तिममा परराष्ट्रमन्त्री विमला राईलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जेनेभा जानबाट अन्तिम समयमा रोकेपछि एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।



बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासल ललितपुरमा बस्ने छ ।मन्त्रिपरिषदबाट स्विकृत परराष्ट्रमन्त्रीको भ्रमण प्रधानमन्त्रीको ठाडो आदेशमा रोकिए पछि बैठक बस्न लागेको उपमहासचिव बिष्णु रिजालले जानकारी दिए ।

परराष्ट्रमन्त्रीको भ्रमण रोकेर प्रधानमन्त्रीले पुर्व कानुन मन्त्री हरि बन्दीलाई जेनेभा पठाए पछि प्रधानमन्त्रीसँग एमालेको थप क्तितता बढेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट