काठमाडौं – केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
यही फागुन २५ गते हुँने राष्ट्रपति निर्वाचनको लागि एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।