काठमाडौं – नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ । सोमबार ललितपुरको च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले र मन्त्रीहरुलाई गरेको अभिव्यक्ति र व्यवहारका कारण सरकार छाड्न लागेको बताए । नेता पौडेलले भनेपरराष्ट्रमन्त्री विमला राईलाई अकारण निर्देशन गर्नुभयो र हामीलाई सरकार छाड्ने या वा विनाविभागिय मन्त्री बनाउने अभिव्यक्ति गरेपछि । एमाले र सहभागिताप्रति सार्वजनिक रुपमा टिप्पणी गरेपछि रहिरहन उचित हुन देखेनौँ ।
यही फागुन २५ गते हुँने राष्ट्रपति निर्वाचनको लागि एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ ।