काठमाडौं – केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले सरकारबाट बाहिरिएको छ । सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । पार्टिको बैठकको निर्णय पछि एमालेका नेता बिषणु रिजालले एमालेले अरू पार्टी जस्तो दुई डुंगामा खुट्टा नराख्ने बताएका छन् ।
सामाजिक सञ्जालमा नेता रिजालले पुस १० को मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएकाले आफ्नो शानदार उपस्थितिसहित प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिने बताएका छन् ।
उनले भने – ‘नेकपा (एमाले) अरू पार्टी जस्तो दुई डुंगामा खुट्टा राख्दैन । पुस १० को मुख्य सहमति तोडिएपछि सत्तामा बसिरहनु औचित्य समाप्त भएकाले आफ्नो शानदार उपस्थितिसहित प्रमुख प्रतिपक्षको भूमिकामा खरो उत्रिनेछ । नेकपा (एमाले) लाई कसैको नून खाएर गुन तिर्नु छैन । अविश्वसनीय, धोकाधडी र षड्यन्त्रलाई अस्वीकार गर्दै सरकारबाट फिर्ता भएका छौं ।जनताको साथमा एमाले !एमालेको साथमा जनता !!’