रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने-Sutra News

रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन कायमै राख्ने

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता नलिने भएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले उपयुक्त समय नआउन्जेलसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।



बैठकपछि रास्वपाका एक नेताले आफूहरु दलहरूले राष्ट्रिय सहमति भनिरहेकाले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको बताए ।

यस्तै उनले राष्ट्रपति चुनावका को बिषयमा कसलाई सहयोग गर्ने भन्ने निर्णय नगरिएको बताए । रास्वपाले बैशाख १० गते हुने चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट