कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी-Sutra News

कुकुर जथाभावी नछाड्न ब्रिटनीलाई चेतावनी

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

लसएन्जल्स । पप आइकन ब्रिटनी स्पीयर्सको कुकुरले एक वृद्धलाई टोकेपछि एनिमल कन्ट्रोलले कुकुर जथाभावी नछोड्न चेतावनी दिएको छ ।



गायिका ब्रिटनी र उनका पति सेम असगरीको डोबर्मन कुकुर गत साताको सुरुवातदेखि नै क्यालिफोर्नियास्थित घरबाट फरार भएको थियो । ब्रिटनीले प्रहरीमा एनिमल कन्ट्रोलमा उजुरी दिएपछि घरबाट पाँच माइल टाढा कुकुर रहेको पत्ता लागेको थियो ।

कुकुरलाई उनको पतिद्वारा स्पीयर्सलाई सुरक्षा गर्नका लागि प्रशिक्षित गरेपछि दिइएको थियो । यद्यपि कुकुर हालै स्पीयर्सको घरबाट बाहिर निस्किएको थियो । कुकुरले ७० वर्षका एक साइकल चालकलाई टोकेको थियो ।

कुकुरले वृद्धलाई टोकेपछि स्पीयर्सको सुरक्षा टिमको सदस्यले कुकुरलाई पक्रेको छ । पशु नियन्त्रकले स्पीयर्स उनका पति असगरी र सुरक्षा टिमलाई सम्पर्क गरेर कुकुरले पुनः घरबाट भाग्ने अवस्था नआओस् भनी चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट