सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति, थुनामा बस्नु पनि नपर्ने-Sutra News

सर्वोच्चले दियो सन्दीप लामिछानेलाई विदेश जाने अनुमति, थुनामा बस्नु पनि नपर्ने

सोमबार, १५ फाल्गुन २०७९

सोमबार, १५ फाल्गुन २०७९

काठमाडौँ – बलात्कार अभियोग लागेका नेपाली क्रिकेटका पुर्व कप्तान सन्दीप लामिछाने विदेश जान पाउने भएका छन् । सोमबार सर्वोच्च अदालतले लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन आदेश दिएको दिएको हो । न्यायधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उच्च अदालतको आदेश सदर गर्दै यस्तो आदेश दिएको हो । यस्तै उनी अब विदेश पनि जान पाउने भएका छन् ।



अदालतले विदेश जाने अनुमति पनि दिएको छ । नाबालिग बलात्कार मुद्दामा उच्च अदालत, पाटनले धरौटीमा छाडेपछि सन्दीपलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले सर्वोच्च गएको थियो भने त्यस्तै लामिछानेले पनि आफूलाई विदेश जान दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

एक नाबालिग माथी बलात्कार गरेको आरोप पछि फरार रहेका लामिछानेले गत असोज २० मा प्रहरी समक्ष आत्मसर्मपण गरेका थिए । उनी उच्च अदालत पाटनको आदेशसँगै गत २९ पुसमा २० लाख धरौटीसहित रिहा भए पनि उनलाई बिदेश जान भने उच्च अदालतले रोक लगाएको थियो । सो आदेशका बिरुद्ध क्रिकेटर लामिछाने सर्वोच्च गएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट