काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई विजयी गराउन नेकपा एमालेसँग सहयोग गर्न आग्रह गरेको छ ।
मंगलबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले काँग्रेसका सभापति शेरबहादुर देउवाद्वारा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लेखेको पत्र हस्तान्तरण गरेका छन् । पत्रमा राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पार्टीबाट उठेका रामचन्द्र पौडेललाई विजयी गराउन सहयोग मागिएको छ ।
यही फागुन २५ गते हुने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदको निर्वाचन हुँदेछ । यस निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा कांग्रेसले पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले पनि सुवास नेवांगलाई उम्मेदवार बनाएको छ ।