काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आठदलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको बताएका छन् ।
मंगलबार नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले भुमहीमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता पौडेलले यस्तो बताएका हुन् । केही दिनमै कांग्रेस सरकारमा जाने बताउदै उनले मन्त्रालय बाँडफाँडमा सहमति भएको दाबी गरे ।
राष्ट्रपति निर्वाचनअघि नै कांग्रेस र अन्य पार्टी सरकारमा सहभागी हुने उनको भनाई छ । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘सुपर प्रधानमन्त्री’ बन्न खोजेपछि सो गठबन्धन नटिकेको बताए ।