सन्दीपलाई बाँकी तीन खेल खेल्न यूएई पठाउन क्यानले माग्यो आइसीसीसँग अनुमति-Sutra News

सन्दीपलाई बाँकी तीन खेल खेल्न यूएई पठाउन क्यानले माग्यो आइसीसीसँग अनुमति

मंगलबार, १६ फाल्गुन २०७९

मंगलबार, १६ फाल्गुन २०७९

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई यूएई पठाउन नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) सँग अनुमति मागेको छ । सोमबार सर्वोच्च अदालतले लामिछानेलाई पुनः थुनामा राखेर अनुसन्धान अगाडी नबढाउन र विदेश पनि जान पाउने आदेश दिएको थियो ।



सो आदेशपछि विदेश भ्रमणको प्रतिबन्ध फुकेसँगै क्यानले लामिछानेलाई यूएई पठाउन प्रक्रिया सुरु गरेको हो । गएको शनिवारनेपालको १५ सदस्यीय टिम यूएई गएको थियो ।

अहिलेसम्म नेपालले पहिलो खेल खेलिसकेकामे छ । अब बाकीँ खेलको लागि क्यानले सन्दीपलाई टिममा पठाउन खोजेको हो । त्यसको लागि क्यानले आइसीसीसँग अनुमति मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट