राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको लागि भोलिदेखि आचारसंहिता लागू गर्दै आयोग-Sutra News

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको लागि भोलिदेखि आचारसंहिता लागू गर्दै आयोग

मंगलबार, १६ फाल्गुन २०७९

मंगलबार, १६ फाल्गुन २०७९

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका आचारसंहिता लागू गर्ने भएको छ । आयोगले यही फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने भएको हो ।



उक्त आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्ठन लगायतलाई लागू हुनेछ ।

आयोगको माघ १६ गते गरेको निर्णयअनुसार यही फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते उपराष्ट्रपति पदका लागि निर्वाचन हुने भएको छ । सो निर्वाचनकका लागि सङ्घीय संसद्मा हाल कायम तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता रहेको निर्वाचक मण्डल गठन हुनेछ । राष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्याल पनि स्थापना भइसकेको छ ।

यस्तै यही फागुन १३ गते उम्मेदवारीका लागि मनोनयनपत्र दर्ता भइसकेकोमा आज साँझ ४ बजेसम्म उम्मेदवारले मनोनयनपत्र फिर्ता लिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट