

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालेनिर्वाचन अघिको गठबन्धन भत्काएर पुष १० गते अप्राकृतिक गठबन्धन बनाउने गल्तीलाई सच्चाइएको बताएका छन् । मंगलबार काठमाडौंमा काठमाडौं क्षेत्र नंवर ४ सांसदको कार्यालय उद्घाटन गर्दै थापाले यस्तो बताएका हुन् ।
निर्वाचनमा फरक–फरक उद्देश्य भएका दलले गठबन्धन बनाएर जनताकाबीच मुलुक बनाउने प्रतिवद्धता गरेको र निर्वाचनपछि जनतामाझ गरेको प्रतिवद्धता पालना नगरेकाले अहिले ढिलो भएपनि निर्वाचन अघिको गठबन्धनलाई व्युताउन सफल भएको उनले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफू प्रधानमन्त्री मात्रै हुने कुरा सोचेको भए अहिलेको गठबन्धन नै नवन्ने भन्दै उनले अहिलेको गठबन्धन पदका लागि नभएको बताए । उनले जनतालाई कामले परिणाम दिन नसके फेरी अप्ठेरो अवस्था आउने बताए ।