काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । आठ दलीय गठबन्धनमा सहभागी भएको लोसपा सरकारमा सहभागी हुने गरी तयारी थालेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै सरकारमा सहभागी हुन आग्रह गरेपछि लोसपाले तयारी शुरु गरेको हो ।
सरकारमा सहभागी हुने र सरकारमा कसलाई पठाउने भन्ने बिषयमा छलफल गर्न पार्टीले बैठक पनि बोलाएको बताइएको छ । लोसपाबाट सरकारमा सहभागी हुने केही नेताको चर्चा छ ।