काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया कप छनोटमा नेपालले सानदार जित निकालेको छ । मंगलबार यूएईमा भएको खेलमा नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो ।
मलेसियाले नेपाललाई दिएको ७३ रनको झिनो लक्ष्य नेपालले ९ ओभरमा भेट्टाएको छ । खेलमा नेपालका तर्फबाट दीपक बोहराले ३८ र अर्जुन कुमालले २१ रन बनाए ।
टस जितेर पहिला ब्याटिङ रोजेको मलेसिया ३५ ओभर ३ बलमा ७२ रन बनाउँदा अलआउट भयो । मलेसियाका लागि मुहम्मद मलेकले सर्वाधिक २६ रन बनाउँदा नेपालको बलिङतर्फ दिपेश कँडेलले १० ओभरमा ११ रन दिएर ४ विकेट लिए । यस्तै आकाश चन्दले ३ विकेट लिए भने मिलन बोहराले २ र सुवास भण्डारीले १ विकेट लिएका थिए ।