काठमाडौं – जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा पत्रकारहरसँग कुरा गर्दै राउतले यस्तो बताएका हुन् ।
उनले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताए ।
यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उनको भनाई छ । उनले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको बताउ ।