राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीचको भेटवार्तामा के भयो ?-Sutra News

राष्ट्रपति भण्डारी र सभामुख घिमिरेबीचको भेटवार्तामा के भयो ?

मंगलबार, १६ फाल्गुन २०७९

मंगलबार, १६ फाल्गुन २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् ।



आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा  बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।
आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट