महिला महिनावारी: विश्वका यी देशहरुमा पाइन्छ ३ दिन छुट्टी-Sutra News

महिला महिनावारी: विश्वका यी देशहरुमा पाइन्छ ३ दिन छुट्टी

मंगलबार, १६ फाल्गुन २०७९

मंगलबार, १६ फाल्गुन २०७९

महिनावारीको समयमा हुने पीडालाई ध्यानमा राख्दै स्पेनमा महिलालाई महिनामा तीन दिन बिदा लिने अधिकार दिइएको छ ।



त्यसैगरी महिलालाई तीन दिनको बिदा पाँच दिनमा परिणत गर्ने विकल्प पनि दिइएको छ ।

स्पेनमा यौन र प्रजनन अधिकारसँग सम्बन्धित धेरै अधिकारहरू स्वीकृत भएका छन्, जसमा यो महत्त्वपूर्ण निर्णय हो।

एसियाको कुरा गर्ने हो भने महिनावारीको समयमा दिइने बिदालाई श्रम कानूनमा समावेश गरेको जापान एक मात्र देश हो ।

सन् १९४७ देखि महिलालाई यस्तो बिदा दिने व्यवस्था छ । इन्डोनेसियाले सन् १९४८ मा महिलाका लागि यस्तो नीति ल्याएको थियो ।

यी देशहरूमा महिनावारीको समयमा महिलालाई समस्या भएमा काममा लगाउन नपाइने र दुई दिन बिदा दिने व्यवस्था गरिएको छ ।

यसबाहेक फिलिपिन्स, जाम्बियाजस्ता अफ्रिकी देशका महिलाले पनि महिनावारी हुँदा एक दिन बिदा लिन सक्छन् ।

यसै क्रममा दक्षिण कोरिया सरकारले सन् १९५३ मा यस्तो प्रावधान ल्याएको थियो ।

भारतमा यस्ता धेरै कम्पनी छन्, जसले महिनावारी हुँदा महिलालाई तलब बिदा दिने गरेका छन् ।

महिला अधिकारका लागि काम गर्ने संघसंस्थाले महिलाले विकास गरेपछि मात्रै देशको विकास हुने बताउँदै यस सम्बन्धमा संसदमा विधेयक ल्याउन बाल तथा महिला विकास मन्त्रीलाई आग्रह समेत गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट