काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लग्ने तयारी गरेका छन् । मुख्य मन्त्री शाहले फागुन २१ गते विश्वासको मत लिने बताइएको छ ।तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावल बहुमत प्राप्त गर्न नसकेर पदमुक्त भएपछि शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्रीमा नियुक्त भएको एक मिहनाभित्र विश्वासको मत लिनु पर्ने भएकोले उनले विश्वासको मत लिने तयारी गरेका हुन् । दोश्रो पटक काठमाडौं पुगेका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् ।
मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिन पछि काठमाडौं पुगेका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहित नेता कार्यकर्तासँग भेट गरेका थिए ।नेकपा माओबादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा प्रदेश सभा सदस्य रमेस सिंह धामीले पनि अव सुदूरपश्चिम प्रदेश सुरकारलाई विश्वासको मत पाउन सकस नहुने बताए । उनले राष्ट्रपति निर्वाचनका लागि केन्द्रमा ८ दलीय गठबन्धन बनेको बताउँदै प्रदेश सभा सदस्य धामीले सोही गठबन्धनको जोडबलमा अव प्रदेशमा पनि सरकार बन्ने बताए ।
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेससँग १९, नेकपा माओबादी केन्द्रका११, नेकपा एसका ४ जना प्रदेश सभा सदस्य रहेका छन् । तीन वटै दल मिलेर सरकार बनेको स्थितीमा पनि सुदूरपश्चिम प्रदेश सभामा सरकारसंग ३४ जना प्रदेश सभा सदस्य हुने छन् ।