पर्सा – वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका घर टहरा हटाउन शुरु गरेको छ । मंगलबार साझँदेखि महानगरपालिकालले वीरगञ्ज – १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई भत्काउन सुरु गरेको हो ।
यस्तै महानगरले माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई खाली गराउन थालेको हो । घर तथा टहरा भत्काउन थालेपछि स्थानीयवासीले विरोध गरेका छन् ।