सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा-Sutra News

सूर्योदय वोमी लघुवित्तको १५ प्रतिशत बोनस सेयर घोषणा

बुधबार, १७ फाल्गुन २०७९

बुधबार, १७ फाल्गुन २०७९

काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर घोषणा वितरण गर्ने भएको छ ।कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८–८० को नाफाबाट सेयरधनीहरुलाई उक्त बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।



साविकको सूर्योदय लघुवित्त र वोमी लघुवित्त मर्ज प्रक्रियामा गएपछि सूर्योदय वोमी लघुवित्तको नामबाट २०७८ चैत १२ गतेबाट एकीकृत कारोबार गरेको थियो ।

कम्पनीका अनुसार २ वर्षसम्म लाभांशमा कर छुट हुने र कर प्रयोजनका लागि कर बापतको नगद लाभांश प्रस्ताव गरिएको कम्पनीले जानकारी गराएको छ ।

कम्पनीले चुक्ता पुँजी ७९ करोड १९ लाख ८४ हजार रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ११ करोड ८७ लाख ९७ हजार रुपैयाँ बोनस सेयर वितरण गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट