काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकता अभियानको संयोजक वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
बुधबार अध्यक्ष ओली राष्ट्रिय सभा सदस्य समेत रहेका गौतमलाई भेट गर्न उनकै निवास भैँसेपाटी पुगेका हुन् । भेटमा अध्यक्ष ओलीले गौतमसँग राष्ट्रपति निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् ।
राष्ट्रपति निर्वाचनको लागि एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । यस्तै नेपाली कांग्रेसले पनि रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । पौडेललाई कांग्रेससहित ८ दलको समर्थन रहेको छ। राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ ।