काठमाडौं – क्रिकेटर सन्दिप लामिछानेले युएई गएका छन् ।सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिको रोक खुल्ला गरिदिए पछि क्रिकेटर लामिछानेले बुधबार युएई प्रस्थान गरेका हुन् ।
उनी युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि युएई गएका हुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषदले स्वीकृति दिएपछि सन्दीप आज युएई गएका हुन् ।
सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको छ । त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुुदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।