राष्ट्रपतिका उम्मेदवार नेम्वाङले शुरु गरे मत माग्न-Sutra News

राष्ट्रपतिका उम्मेदवार नेम्वाङले शुरु गरे मत माग्न

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं – पछिल्लो समय राष्ट्रपति निर्वाचनको चर्चा बढ्दै गइरहेको छ । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार उठाएको छ ।



यस निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा कांग्रेसले पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । यस्तै एमालेले पूर्व सभामुख सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका पौडेल र नेम्वाङ अहिले मत माग्नमा व्यस्त छन् ।

नेम्वाङले हाजै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्ने भएका छन् ।

नेम्वाङले ११ बजे अध्यक्ष नेपालसँग, दिउँसो १ बजे सभापति लामिछानेसँग र दिउँसो साढे २ बजे अध्यक्ष लिङ्देनसँग राष्ट्रपति निर्वाचनमा आफूलाई सहयोग माग्ने भएका हुन् । यस्तै अर्का उम्मेदवार पौडेलले पनि आज नै सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट