ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?-Sutra News

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं, १८ फागुन । नेपाली बजारमा बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलाको तीन सय रूपैयाँले बढेर १ लाख २ हजार ६०० रुपैयाँमा कारोेबार भइरहेको छ ।



बुधबार छापावाल सुनको मूल्य १ लाख २ हजार ३०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजावी सुनको मूल्य बिहीबार १ लाख २ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार तेजावी सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँ तोबिएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर छ। संघका अनुसार चाँदी १२ सय ७० रूपैयाँमा कारोबार भएको छ। बुधबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट