काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बिथोलिएको राजनीतिक वातावरण सही ट्र्याकमा आएको बताएका छन् । बिहिबार सिराहामा कुरा गर्दै नेता सिंहले यस्तो बताएका हुन् ।
उनले हरेक चुनौतिहरुको सामना कांग्रेस पार्टिको नेतृत्वमा पुरा भएको दाबी पनि गरे । उनले कांग्रेसको नेतृत्वमा माओवादीलाई शान्तिप्रक्रियामा ल्याउनेदेखि नयाँ संविधान जारी समेत भएको बताए ।
लहान नगरपालिकामा आयोजित कार्यक्रममा नेता सिंहले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मन्त्रिपरिषद् विस्तार हुने बताए ।