युनाइटेड मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति-Sutra News

युनाइटेड मोदी हाइड्रोपावरलाई बोनस सेयर वितरण गर्न स्वीकृति

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं, १८ फागुन । विद्युत् नियमन आयोगबाट युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले बोनस सेयर वितरण गर्न स्वीकृति पाएको छ । कम्पनीको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने गरेको थियो ।



कम्पनीको गत वर्षको नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर ७ प्रतिशत र कर प्रयोजनको लागि पनि ०.३६८ प्रतिशत नगद लाभांशवितरण गर्न स्वीकृति पाएको हो । आयोगको स्वीकृतिपछि अब कम्पनीको वार्षिक साधारण सभाले स्विकृत गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट