यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य-Sutra News

यूएईले नेपाललाई दियो २०८ रनको लक्ष्य

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं, १८ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत बिहीबारको खेलमा घरेलु टोली यूएईले नेपाललाई २०८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।



दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जारी खेलमा यूएईले ५० ओभरमा ८ विकेट गुमाएर २०७ रन बनायो ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएईका लागि ओपनिङ गरेका आसिफ खानले सर्वाधिक ७२ रन बनाउँदा  रोहन मुस्ताफाले अविजित ५२ रन जोडे ।

नेपालका लागिसन्दीप लामिछानेले ३,  करण केसी, आसिफ शेख र कुशल मल्लले एक एक विकेट लिए । नेपालले केहीबेरपछि जवाफी ब्याटिङ गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट