राष्ट्रपतिबाट एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका हुनुपर्छ – माधव नेपाल-Sutra News

राष्ट्रपतिबाट एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका हुनुपर्छ – माधव नेपाल

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिबाट एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका हुनुपर्ने बताएका छन् । बिहिबार ८ दलीय गठबन्धनका सांसदहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।



उनले राष्ट्रिय चुनौतीहरुलाई ख्याल गर्ने र एकताबद्ध भएर सबैलाई लैजान सक्ने भूमिका राष्ट्रपतिमा हुनुपर्ने बताए । उनले राष्ट्रपतिले राष्ट्र हित, राष्ट्रिय स्वाधीनता र संविधानको संरक्षणलाई केन्द्रविन्दुमा राखेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए ।

राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदै छ ।यस निर्वाचनमा ८ राजनैतिक दलको समर्थनमा कांग्रेसले पूर्व सभामुख रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ भने एमालेले पूर्व सभामुख सुवास चन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट