रामचन्द्र पौडेल त्याग र संघर्ष गरेका नेता हुन्, उनलाई राष्ट्रपति बनाउनुपर्छ- देउवा-Sutra News

रामचन्द्र पौडेल त्याग र संघर्ष गरेका नेता हुन्, उनलाई राष्ट्रपति बनाउनुपर्छ- देउवा

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको प्रशंसा गरेका छन् । उनले नेता रामचन्द्र पौडेल लोकतन्त्रका लागि ठूलो त्याग र सङ्घर्ष गरेका नेता भएको उल्लेख गर्दै विजयी बनाउन सबैलाई आग्रहसमेत गरेका छन् ।



राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन समितिले आठ राजनीतिक दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूका लागि गरेको भेलालाई सम्बोधन गर्दै उनले पौडेलको प्रशंसा गरेका हुन् ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

यता नेकपा एमालेले भने सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट