विश्वकप जित्ने प्रत्येक खेलाडीलाई मेस्सीले दिए सुनको आईफोन-Sutra News

विश्वकप जित्ने प्रत्येक खेलाडीलाई मेस्सीले दिए सुनको आईफोन

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

विश्वकप फुटबल विजेता अर्जेन्टिनाका राष्ट्रिय टिमका खेलाडी र अन्य सदस्यले सुनकाे आईफोन पाएका छन् । राष्ट्रिय टिमका कप्तानसमेत रहेका स्टार फुटबलर लिओनल मेस्सीले विजेता बनेको खुशियालीमा टिमका प्रत्येक सदस्यलाई सुनको आइफोन उपहार दिएका छन् ।



मेस्सीले विश्वकप विजेता टिमका प्रत्येक सदस्यलाई विशेष उपहार दिन चाहेको बताएपछि साे कम्पनीका  प्रमुख कार्यकारी अधिकृत (सीईओ) बेन ल्याेन्सले प्रिमियम २४ क्यारेट गोल्डको आईफोन दिन सुझाव दिएका थिए । यसलाई स्वीकार गर्दै मेस्सीले टिमका सबै खेलाडी र अफिसियल सदस्यका सुनकाे आईफोन अर्डर गरेका थिए ।

यसपछि गत शनिबार कम्पनीले ३५ ओटा आईफोन १४ एस स्मार्टफोन डेलिभर गरेको थियो ।

प्रत्येक फोनमा खेलाडीको नाम र जर्सी नम्बर उल्लेख गरिएको छ ।

विश्वकपको अन्तिम खेलमा फ्रान्सलाइ पेनाल्टी सुटआउटमा पराजित गर्दै फ्रान्सले विश्वकपको उपाधि हात पारेको थियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट