नेपाल फार्मास्युटिकल एसोसिएसनको भूमिका-Sutra News

नेपाल फार्मास्युटिकल एसोसिएसनको भूमिका

बिहिबार, १८ फाल्गुन २०७९

बिहिबार, १८ फाल्गुन २०७९

शुरुवाती अवधारणा



गैरसरकारी संस्थाको रूपमा विसं २०२८ मा स्थापना भएको नेपाल फार्मास्युटिकल एसोसिएसन खासमा नेपालको औषधि क्षेत्रसित सम्बन्धित दक्ष जनशक्तिको पेशागत संगठन हो । औषधि विभिन्न विशिष्टता भएका जनशक्तिको सहकार्यबाट व्यवस्थापन हुन सक्ने एक बृहत् क्षेत्र हो । औषधिसम्बन्धी अनुसन्धान, मूल्यांकन, यसको उत्पादन, मूल्य निर्धारण, वितरण, प्रयोग र औषधिको प्रतिअसरबाट जोगिन चालिने कदम कुनै एक किसिमको जनशक्तिबाट मात्र सम्भव हुँदैन ।  यी तथ्यलाई ध्यानमा राखी एसोसिएसनले स्थापनाकालदेखि नै इच्छुक फार्मासिस्टको साथै फार्मेसीसित सम्बन्धित अन्य विधाका स्नातकहरूलाई सदस्यता दिँदै आएको छ ।  फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्ति सहसदस्य बन्न सक्छन् ।

एसोसिएसनमा गैरफार्मासिस्टहरूको पनि व्यापक सहभागिता रहँदै आएको हो । यसका सदस्यता लिनेमा त्रि।वि। चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व डीनहरू बालरोग विशेषज्ञ डा। हेमाङ्ग दीक्षित र क्लिनिकल फार्माकोलोजिस्ट कुमुदकुमार काफ्ले तथा काठमाडौँ विश्वविद्यालयका पूर्व रजिस्ट्रार रसायनशास्त्री डा। सिताराम अधिकारी छन्  । यस्तै नेपाल औषधि लिमिटेडकी पूर्ब महाप्रबन्धक रसायनशास्त्री रजनी श्रेष्ठ एसोसिएसनको उपाध्यक्ष भएकी थिइन् । एसोसिएसनका सदस्यमा विभिन्न निकायका उच्च पदमा पुगेका बायोकेमिस्ट डा। प्रदिप मोहन अधिकारी, वनस्पतिशास्त्रीहरू समरबहादुर मल्ल र डा। सामान बहादुर मानन्धर, खाद्य प्रविधि प्रयोगशालाकी पूर्वउपनिर्देशक रिता बस्नेत, प्राध्यापकहरू वनस्पतिशास्त्री साधना अमात्य र तीर्थमैयाँ श्रेष्ठ पनि पर्दछन् । पशुचिकित्सक र उल्लेख्य संख्यामा माइक्रोबायोलोजिस्ट पनि सदस्य भएका हुन् ।

एसोसिएसनको योगदान

औषधि ऐनदेखि नेपाल फार्मेसी काउन्सिल ऐन विधेयक निर्माण र पछि सम्बन्धित संरचना निर्माण गर्नमा एसोसिएसनको ठूलो भूमिका रहेको छ । नेपालमा फार्मेसी शिक्षाको लागि, नेपाली औषधि पसलमा अनिवार्य फार्मासिस्ट वा फार्मेसी सहायक हुनपर्ने व्यवस्थाको लागि एसोसिएसनले पैरवी गरेको थियो । राष्ट्रिय औषधि नीति, राष्ट्रिय स्वास्थ्य नीति निर्माणमा एसोसिएसनको सक्रिय सहभागिता रहँदै आएको छ  । फार्मेसी जनशक्ति नेपालमै उत्पादन गर्न, देशमै अन्तर्राष्ट्रिय मापदण्डका औषधि उद्योगहरू विकास गर्न र तिनलाई प्राथमिकता दिनको लागि पनि एसोसिएसनले आवाज उठाउँदै आएको छ ।

अहिले हेर्दा सामान्य लाग्ने कतिपय काम गर्न कुनै समय निकै ठूलो परिश्रम गर्न पर्ने अवस्था थियो । चिकित्सक अरु विधासितै सर्टिफिकेट फार्मेसी खुलेको त्रि। वि। चिकित्सा शास्त्र अध्ययन संस्थानमा बि। फार्मेसी कार्यक्रम ल्याउन ठूलो परिश्रम गर्न पर्यो  । यसको लागि एसोसिएसनले तीर्थरत्न शाक्यको नेतृत्वमा नेपालमा आवश्यक फार्मेसी जनशक्तिबारे अध्ययन गरेर प्रतिवेदन पेश गर्यो । पटकपटक एसोसिएसनका तत्कालीन अध्यक्ष केशवध्वज जोशी, वरिष्ठ नेतृत्व राधारमण प्रसाद, भूपेन्द्रबहादुर थापा, बालकृष्ण खकुरेल, मोहनप्रसाद अमात्य, गजेन्द्र भुजुलगायतको प्रतिनिधि मण्डलले त्रि।वि। सित अनुरोध गर्यो ।

अहिले हेर्दा औषधि बिक्रीसम्बन्धी ७२ घण्टे र पछि आएर ३ महिने तालिम लिएका व्यक्तिलाई व्यवसायीको रूपमा औषधि पसल चलाउन किन दिएको होला जस्तो देखिन्छ । तर यति अभिमुखीकरण पनि नपाएका व्यक्तिका ठाउँ तिनले लिनु ठूलै सुधार थियो  । त्यस्ता जनशक्तिलाई फार्मासिस्ट वा फार्मेसी सहायकले प्रतिस्थापन गराउनको लागि एसोसिएसनले ठूलो प्रयास गर्न परेको थियो ।

एसोसिएसनले फार्मासिस्टहरूलाई कुशल फार्मेसी अभ्याससम्बन्धी तालिम, औषधि उद्योगलाई राम्रो उत्पादन अभ्याससम्बन्धी तालिम, औषधि भण्डारणसम्बन्धी तालिमहरू उपलब्ध गराउँदै आएको हो । यी सबै गतिविधिबारे बुझेको नेपाल सरकारले नेपाल फार्मेसी काउन्सिलमा र नेपाल औषधि सल्लाहकार समितिमा यसको अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरेको छ । यो कुनै पेशागत संगठनले पाउने उच्च पहिचान हो  िएसोसिएसनले राम्रो अन्तर्राष्ट्रिय पहिचान बनाएको छ, यो संगठन अन्तर्राष्ट्रिय फार्मास्युटिकल फेडेरेसनको संस्थागत सदस्य पनि हो ।

एसोसिएसनले सूचना र प्रविधि निर्माण तथा प्रसारणमा सक्दो योगदान गरेको छ  । यसले जर्नल अफ नेपाल फार्मास्युटिकल एसोसिएसन प्रकाशन गर्दै आएको छ । यस्तै नेपाल फार्मास्युटिकल एसोसिएसन बुलेटिनमार्फत एसोसिएसनका गतिविधि र फार्मेसी जगतमा भैरहेका नयाँ विकासबारे सूचना सम्प्रेषण गर्दै आएको छ।

पछिल्ला विकास

खास गरी विसं २०४७ मा बहुदलीय व्यवस्था आएपछि नेपालमा धेरै विश्वविद्यालय खुल्न थाले, विस्तारै खिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्रको प्रवेश भयो । कालान्तरमा यी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद र केही विश्वविद्यालयमा तिनका सम्बन्धन प्राप्त अन्य कलेजहरूमा फार्मेसीका शैक्षिक कार्यक्रमहरू शुरु भए । यसबाट फार्मेसीसम्बन्धी ट्रेड युनियनमा फार्मासिस्टहरूको एकल सहभागिता हुनपर्छ भन्ने माग उठ्न थाले । विकल्पमा ग्र्याजुएट फार्मासिस्ट एसोसिएसन नेपाल स्थापना हुन पुग्यो  िसमयक्रममा अन्य फार्मेसीसित जोडिएका पेशागत विशिष्टता बोकेका संघसंगठनहरू खुल्न थाले । केहीले नेपाल फार्मास्युटिकल एसोसिएसनकै शुद्धीकरण गरिनपर्ने र यसलाई विशुद्ध फार्मासिस्टहरूको संगठन बनाइन पर्ने माग राख्न थाले ।

यसैबीच रसायनशास्त्रीहरूको, वनस्पतिशाशास्त्रीहरूको, औषधि कम्पनीहरूको, र अन्य विभिन्न पेशाकर्मीहरूको आफ्नै संगठन खुल्दै गए  । एकातिर एन्पिएमा गैरफार्मासिस्टलाई बस्ने वातावरण हट्दै जाने र अर्कातिर उनीहरूको आफ्नै पेशागत संगठन बन्दै जाने भएबाट अहिले आएर एन्पिएले विविधता गुमाउन थालेको छ  िफलतस् यसले औषधिसित सम्बन्धित व्यापकताको प्रतिनिधित्व गर्न नसक्ने अवस्था आउँदै छ  ।

संख्याको हिसाबले एन्पिए पहिलेभन्दा धेरै ठूलो भएको छ ।  देश संघीयतामा गएको वर्तमान अवस्थामा एन्पिएले पनि प्रदेशगत संरचना विकास गर्ने नै छ । यसबाट एन्पिएलाई स्थानीय तहसम्म पुगेर भूमिका खेल्न थप सहज हुनेछ । बढ्दो संख्याका फार्मासिस्टहरूलाई नेतृत्व विकासको थप ढोका पनि खुल्नेछ । पेशागत हिसाबले फार्मासिस्टहरूको लागि यो धेरै खुसीको कुरा हो ।

प्रभावको हिसाबले पनि एन्पिएको स्थिति बलियो छ । नेपाल फार्मेसी काउन्सिलमा र नेपाल औषधि सल्लाहकार समितिमा रहेको प्रतिनिधित्वमार्फत् एन्पिएले औषधिको अधिकतम मूल्य निर्धारण, औषधि आयात निर्यात, औषधि दर्ता, जनस्वास्थ्यसित चासो राख्ने अन्य औषधिसम्बन्धी सबालमा प्रष्ट अडान राख्न सक्छ  । जनशक्ति र शैक्षिक संस्थाबारे नीतिनिर्धारणमा यसले पहिलेजस्तै पहल लिन सक्छ  । कानुनी हिसाबले एन्पिएले अहिले अझ बढी भूमिका र मान्यता पाएको छ ।

अगाडिका चुनौती

शैक्षिक संस्था र जनशक्तिको संख्यात्मक प्रगति भए पनि अहिले फार्मेसी जनशक्तिले देशमा रोजगारी नपाउने समस्या बढ्दै छ  । रोजगारी खोज्ने क्रममा फार्मासिस्टको प्रतिस्पर्धा विभिन्न तप्कासित हुन पुगेको छ । औषधि पसलमा बस्ने जनशक्ति र औषधि पसलको स्वामित्वलाई लिएर अभिमुखीकरण तालिमप्राप्त व्यवसायीहरूसित विवाद छ  । यही मुद्दामा सिएमए, एचए, बिपिएच इत्यादि शैक्षिक योग्यता भएका व्यक्तिहरूसित स्वार्थ्य जुधेको छ । औषधिसम्बन्धी विशेषज्ञतालाई लिएर चिकित्सकहरू र खासगरी क्लिनिकल फार्माकोलोजिस्टसित विवाद पर्ने गरेको छ  । औषधि मूल्यांकनलाई लिएर चिकित्सकसित पनि विवाद हुने गर्छ । औषधि उत्पादनलाई लिएर केमिष्ट र प्रोडक्सन टेक्नोलोजिस्टहरूसित मनमुटाव छ  । औषधि मार्केटिङको सबालमा केमिष्ट र अन्य जनशक्तिसित प्रतिस्पर्धा छ  । फार्मासिस्टले औषधि पुर्जी लेख्न पाउनु पर्छ भन्ने माग पनि उठेको छ ।

यी मुद्दामा फार्मासिस्टका आफ्ना दृष्टि होलान्, तर तिनको छिनोफानो फार्मासिस्ट एक्लैले गर्ने कुरा हैन  । मुख्यतः यो सम्बन्धित पेशाकर्मीहरूमा रहेको आम दक्षताले निर्धारण गर्ने सबाल हो । त्यसपछि, सहमतिको दस्तावेज स्वरूप अन्तर्राष्ट्रिय अभ्यासलाई समेत ध्यानमा राखेर नीतिनिर्माणको तहमा निर्धारण हुने कुरा हो ।

यसको निम्ति हामीले अन्तरपेशा, अन्तरपेशाकर्मी, अन्तरपेशाकर्मी संगठन छलफल, विचारविमर्श, अन्तरक्रिया गर्न आवश्यक छ  । त्यसनिम्ति व्यापकता बोकेको एन्पिएलाई साँघुरो बनाउनेतिर हैन, फराक बनाउनतिर लाग्नु पर्दछ । सँगै रहेर छलफल गर्दा, काम गर्दा आपसी सद्भाव बढ्छ, आपसका समस्या बुझिन्छ  । आखिर सबै स्वास्थ्यकर्मीको, सबै फार्मेसीसम्बन्धी जनशक्तिको उद्देश्य जनस्वास्थ्यमा टेवा पुर्याउनु हो, अर्थतन्त्रलाइ टेवा पुर्याउनु हो । साथै आफ्नो पेशागत हकहितको पक्षमा पैरवी गर्नु पनि हो ।

एन्पिएको राष्ट्रिय सम्मेलन यही फागुन २० गते काठमाडौँमा हुँदैछ  । सम्मेलनमा पेशासित सम्बन्धित चासोका विषयमा गहन बहस हुने नै छ  ।यो सम्मेलनले २३औँ केन्द्रीय समिति पनि निर्वाचन गर्नेछ जसले आगामी तीन वर्ष एसोसिएसनको नेतृत्व गर्नेछ । नेतृत्वका आकांक्षी धेरै देखिए पनि निर्वाचनले एउटा समाधान दिने नै छ ।

पेशागत संगठनको चुनावमा पेशागत उन्नयनका कुरा र नीतिगत बहस भइदिए हुन्थ्योस राजनीतिक दलीय गन्ध नमिसिए हुन्थ्यो । एन्पिए र सँगै फार्मेसीसित सम्बन्धित क्षेत्रको विकासको लागि बहस बढी गुणात्मक र कम संख्यात्मक हिसाबले केन्द्रित हुन आवश्यक छ  िचुनाव आउँछन् जान्छन्, नेतृत्व बदलिइरहन्छ । बदलिन नहुने कुरा एसोसिएसनले परिकल्पना गरेको जनस्वास्थ्यप्रतिको समर्पण हो, फार्मेसीसित सम्बन्धित बृहत् तप्काको हित हो । जब एसोसिएसनको ठूलो सपना पूरा हुन्छ, चुनावमा उठ्ने र नउठ्ने, चुनाव जित्ने र हार्ने सबैको हित हुन्छ ।

यति कुरामा ध्यान दिन सकियो भने एसोसिएसनको आसन्न राष्ट्रिय सम्मेलन सफल हुनेछ नेतृत्वमा जो चुनिए पनि विधिपूर्वक चुनिएको नेतृत्वको पहलमा एसोसिएसनका सबै सदस्यहरू गोलबद्ध भई पेशागत उन्नयनमा लाग्नाले सबैको आकांक्षा पूरा हुन मद्दत पुग्नेछ  एसोसिएसनको राष्ट्रिय सम्मेलन सफल होस् ।

लेखक

प्रा.डा. बालमुकुन्द रेग्मी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट