कमल थापा भन्छन्, लोकततन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो-Sutra News

कमल थापा भन्छन्, लोकततन्त्रको आवरणमा लुटतन्त्र हाबी भयो

शनिबार, २० फाल्गुन २०७९

शनिबार, २० फाल्गुन २०७९

हेटाैंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा लोकतन्त्रको आबरणमा लुटतन्त्र हाबी भएको बताएका छन् ।राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आज आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले मुलुकका ठुला भनिने नेताहरु निर्लज्ज ढंगले लुट मच्चाउन लागेको आरोप लगाए ।



अरबौ भ्रष्टाचारको मुद्दाहरु एनसेल करछली, बाईडबढी, सार्बजनिक जग्गा अतिक्रमण, सुन तस्करी हुदै कोभिड भ्याक्सिनमा समेत भ्रष्टाचार गर्ने काममा ठुला भनिने नेताहरू संलग्न हुनु ब्रम्हलुटको पराकाष्ठा भएको थापाको टिप्पणी थियो । उनले बिदेशी हस्तक्षेप र प्रभाव नाङ्गो रुपमा बढेको र मुलुकको स्वाधीनता कमजोर भएकोसमेत बताए ।

राप्रपा नेपाललाई उठाउने र मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति बनाउने दृढता ब्यक्त गर्दै थापाले कार्यकर्ताहरुलाई उच्च मनोबलसहित अब संगठन निर्माणमा केन्द्रित हुन समेत आग्रह गरे । कार्यक्रममा बोल्दै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौला र नेता गणेश थापाले पार्टी निर्माणको निमित्त सबै एकजुट भएर संगठन केन्द्रित हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट