काठमाडौं। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री शाहलाई लाई नेकपा माओवादी केन्द्रले विश्वासको मत दिने निर्णयमा पुगेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशनपछि मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने निर्णय माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश संसदीय दलले गरेको जनाइएको छ ।
अहिले बसिरहेको माओवादी केन्द्रको संसदीय दलको बैठकले विश्वासको मत दिने निर्णय गर्ने एक नेताले बताए । यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिने भएको छ ।
मुख्यमन्त्री बन्दा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि माघ २६ गते एमाले नेतृत्वमा बनेको रावल नेतृत्वको सरकार ढलेको थियो ।
रावलले विश्वासको मत पाउन नसकेपछि संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा कांग्रेस प्रदेश संसदीय दलका नेता कमल बहादुर शाह मुख्यमन्त्री बनेका थिए ।