अमेरिकन बिमानमा सहयात्री माथी पिशाव फेर्ने भारतीय नियन्त्रणमा-Sutra News

अमेरिकन बिमानमा सहयात्री माथी पिशाव फेर्ने भारतीय नियन्त्रणमा

आइतबार, २१ फाल्गुन २०७९

आइतबार, २१ फाल्गुन २०७९

काठमाडाै‌ । न्युयोर्कवाट नयाँ दिल्लीका लागि उडान भरेकाे बिमान भित्रै एक भारतीय यात्रुले पिशाव फेरिदिएका छन । शनिवार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानकाे बिमानमा भारतीय बिद्यार्थीले आफनै सहयात्रीको शरिरमा पिशाब फेरिदिएका हुन् ।



मादक पदार्थ सेवन गरेका ती बिद्यार्थीले आफनै सहयात्रीलाई पिशाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा बिमान अवतरण हुने बितिक्कै उनलाई नियन्त्रणमा लिईएको छ । भारतीय नागररिक उडडयन महानिर्देशनालय (डिजिसि)का अनुसार सो घटना पछि एअरलाईन्सका चालक सदस्य दलले बिमानलाई सहजै दिल्ली एअरपाेर्ट  सहजै अवतरण गराईएको जनाएको छ ।

अमेरिकी एअरलाईन्सले एक बिज्ञप्ति जारी गरी बिमान भित्र दुब्यर्बहारको घटना भए पनि पाईलटहरुले सहजै स्थीति नियन्त्रणमा लिन सकिएको जनाउँदै बिमानका अन्य यात्रुहरुलाई कुनै समस्या नपरेको जनाएको छ ।

दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘बिमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथी  गर्ने ती बिद्यार्थीलाई दिल्ली एअरपोर्टवाट नियन्त्रणमा लिइसकेको छ’ उनले भने ।

पक्राउ परेका उनलाई भारतीय नागरिक उडडयन महानिर्देशनालयले केही समयका लागि उनलाई हवाई सवारीमा प्रतिबन्ध लगाएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार  बिमानस्थलमा हर्कत गर्ने बिद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ।यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट