सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत-Sutra News

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

आइतबार, २१ फाल्गुन २०७९

आइतबार, २१ फाल्गुन २०७९

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले दुई तिहाई मतका साथ विश्वासको मत पाएका हुन् ।



बैठकबाट उनलाई नेकपा एमाले र राप्रपा बाहेक सबै दलले विश्वासको मत दिएका हुन् । उपस्थित ५२ सांसदमा उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र एक स्वतन्त्र गरी ४१ जना प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनी गएको माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट