फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री-Sutra News

फागु पुर्णिमा एकताको प्रतिक: प्रधानमन्त्री

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

पुष्पकमल दाहाल प्रचण्डले फागु पुर्णिमाले एकताबद्ध हुन प्रेरित गरेको भन्दै शुभकामना ब्यक्त गरेका छन।



असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) ंका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका हुप्रधानमन्त्रीकाे शुभकामना सन्देश:

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल-पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा) २०७९ को सुखद् उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरूका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्वहरू छन् । यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरूले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नुका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्दछन् । विभिन्न धर्म, भाषा र संस्कृति मान्ने समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र सम्बर्धन गर्नसमेत अभिप्रेरित गर्दछन् ।

अन्त्यमा, नेपालका सबै भूभाग, सबै जाति, सबै समुदायका बिच उत्तिकै लोकप्रिय र साझा संस्कृतिका रूपमा स्थापित होली पर्वले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा एकतावद्ध हुन थप प्रेरित गर्नेछ भन्ने विश्वाससहित समस्त नेपालीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२२ फागुन २०७९ पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट