बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते-Sutra News

बलुचिस्तानमा आत्मघाती आक्रमण, ९ सुरक्षाकर्मीको मृत्यु, १३ जना घाइते

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

कराँची, २२ फागुन । पाकिस्तानको बलुचिस्तानमा भएको आत्मघाती आक्रमणबाट कम्तीमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ ।



सोमबार भएको सो आक्रमणमा अन्य १३ जना घाइते भएका पाकिस्तानी प्रहरीले जनाएको छ । क्वेटा–सिबी राजमार्गको कम्बरी पुल नजिक बलुचिस्तान कन्स्टेबुलरीका कर्मचारीहरूको ट्रकमा बम विस्फोट गराइएको थियो ।

सो आक्रमण प्रारम्भिक अनुसन्धानले आत्मघाती रहेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महमूद नोतेजाईले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट