छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको टिकट बुकिङ खुला, यसरी गर्नुहोस् टिकट बुकिङ ?-Sutra News

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको टिकट बुकिङ खुला, यसरी गर्नुहोस् टिकट बुकिङ ?

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

काठमाडौं – छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को आजबाट टिकट बुकिङ खुला भएको छ । सोमबार निफका अध्यक्ष के.पी. पाठकले एक प्रेस विज्ञप्ती जारी गर्दै टिकट बुकिङ खुला गरिएको जानकारी गराएका हुन् । अध्यक्ष पाठकका अनुसार नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आउँदो चैत २ देखि ६ गते हुनेछ ।



‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिनेछ । यस पटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हल मार्फत प्रदर्शन गरिने छ । क्यूएफएक्ससँगको संझौता अनुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धाी फिल्म प्रदर्शन हुनेछन् ।

यस महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छन् भने ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ प्रदर्शन हुने छ । कार्यक्रमको उद्घाटन सिभिल मल सुन्धारामा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुनेछ । विगतमा झैं यस पटकपनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरु प्रदर्शन हुने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट