आईसीसी क्रिकेट विश्वकप लिग टू: अन्तिम खेलमा युएई नेपालसँग ४२ रनले पराजित-Sutra News

आईसीसी क्रिकेट विश्वकप लिग टू: अन्तिम खेलमा युएई नेपालसँग ४२ रनले पराजित

सोमबार, २२ फाल्गुन २०७९

सोमबार, २२ फाल्गुन २०७९

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृंखलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको छ ।



नेपालले युएईसामू २३० रनको लक्ष्य पेश गरेको थियो ।

दुवई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा घरेलु टोलीविरुद्ध टस जितेर नेपालले सुरुमा ब्याटिङ गरेको थियो ।

नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २२९ रन जोडेको थियो ।

त्रिदेशीय श्रृङ्खलाको अन्तिम खेलमा नेपालले यूएईलाई ४२ रनले पराजित गरेको हो । नेपाल दिएको २३० रनको लक्ष्य पछ्याउने क्रममा यूएई १८७ रनमै समेटिएको हो । यूएईका लागि आशिफ खानले ८२, आर्यन लक्राले ५० र वृत्य अरविन्दले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले तीन-तीन विकेट लिए । त्यस्तै, करण केसी, आरिफ शेख र सन्दीप लामिछानेले एक-एक विकेट लिए ।

यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । नेपालको ३२ खेलमा ३२ अंक भएको छ ।

त्यस्तै, स्कटल्यान्ड ५० अंक सहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ओमनको ४४, तेस्रो स्थानमा रहेको नामिबियाको ३९ र चौथो स्थानमा रहेको अमेरिकाको ३५ अंक छ ।

यसअघि पाँचौ स्थानमा रहेको यूएई यो हारसँगै छैटौं स्थानमा झरेको छ । यूएईको ३२ खेलमा ३१ अंक छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट